भक्तपुर – नेपाल खेलकुद महासंघको आवहानमा कोभिड नोभिड बिशेष राष्ट्रिय अभियान अन्तर्गत नेपाल खेलकुद महासंघले आज भक्तपुरमा फ्रन्टलाइनमा रहेका सुरक्षाकर्मीहरुलाई मास्क सेनिटाइजर र फेस शिल्ड बितरण गरेको छ ।
महासंघले देशैभर चालेको अभियान अन्तर्गत भक्तपुर जिल्ला प्रहरीको कार्यलय, प्रहरी ब्रित्त जगती र प्रहरी ब्रित्त ठिमीलाई मास्क,सेनिटाइजर र फेस शिल्ड बितरण गरेको हो । महासंघका बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको नेत्रुत्वमा अभियान संचालन रहेको केन्द्रिय अध्यक्ष रमेश पौडेलले बताए ।
देशैभर १० लाख थान मास्क,सेनिटाइजर र फेस सिल्ड बितरण गरेको महासंघले जनाएको छ । कार्यकर्ममा काठमाडौं भक्तपुर खेलकुद महासंघका अध्यक्ष लगाएत बिभिन्न नेता र प्रहरीहरुको पनि उपस्थिति रहेको थियो ।