भारतीय सेनाले गोर्खाली भर्तीमा नेपालीलाई भर्ना हुन रोक लगायो

काठमाडौं। भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपालीलाई रो’क लगाउने र भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत महिला मि’लिट्री पु’लिसमा नेपालीलाई भर्ना हुन रोक लगाएको छ ।

गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले १०० जना महिला मि’लिट्री पु’लिस भर्ना गर्नेगरी सूचना निकालेको थियो । सूचनामा नेपाली र भारतीय गोर्खालीहरु सहभागी हुन पाउने भनिएको थियो । तर, भारतीय सेनाले यसमा भर्ती हुन नेपालीलाई रो’क लगाएको इन्टरनेशनल बिजनेस टाइम्सले जनाएको छ ।

गएको महिनाको अन्तिममा भा’रतीय सेनाले महिला सैनिकलाई जनरल ड्यु’टीको अनुमति दिइएको आफ्नो एकमात्र शाखाका लागि १०० महिला मि’लिट्री पु’लिस भ’र्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारती’य गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो ।

तर, इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी गरेको छ जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ ।भारतीय सेनाले भारतीय गोर्खालीलाई मात्रै प्राथमिकता दिने गरी संशोधन जारी गर्नु आश्चर्यको विषय भने होइन ।

गत वर्ष मात्रै भारतीय सेनाले उत्तराखण्डका गैर गोर्खा स’मुदायका युवालाई गोर्खा रेजिमेन्टमा भर्ती गर्न अनुमति दिएको थियो । त्यतिबेलासम्म गोर्खा रेजिमेन्टमा नेपाली गोर्खालीहरु र भारतीय गोर्खाली समुदायका युवाहरु मात्रै भर्ती गरिन्थ्यो । हरेक गोर्खा रेजिमेन्टमा नेपाली र भारतीय गोर्खालीको अनुपात ६०–४० हुन्थ्यो ।

यद्यपि केही वर्षअघि सबै भारतीय गोर्खाली मात्रै भएको एउटा गोर्खा रेजिमेन्ट पनि स्थापना गरिएको थियो ।भारत स्वतन्त्र भएयता भारतका हरेक यु’द्ध’मा गोर्खालीहरु सहभागी भएका छन् । भारतीयहरु गोर्खालीहरुको ब’हादुरीबाट निकै प्रभावित रहने गरेका छन् ।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालीहरुको भर्ती नेपाल, भारत र बेलायतबीचको त्रिदेशीय सम्झौतामा आधारित छ र यो सम्झौता तीन देशबीच १९४७ मा भएको थियो । सम्झौताअनुसार भारतसँग गोर्खा रेजिमेन्टका १, ३, ४, ५, ८ र ९ गोर्खा रा’इफल्स छन् । २, ६, ७ र १० गोर्खा रा’इफल्स रे’जिमेन्ट बेलायती सेनामा छन् । भारतले पछि ११ गोर्खा रा’इफल्स आफैं स्थापना गरेको छ ।