६ असार, काठमाडौं । महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ ।
नदीमा पानीको बहाव बढ्दै गएको र थप पानी पर्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।डडेल्धुराका तटीय क्षेत्रहरुमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
यस्तै सुनकोशी नदीमा पनि नदीको बहाव बढेको छ । दोलालघाटलगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।