तनहुँमा असार १६ गते सम्म निषेधाज्ञा

अत्यावश्यक सेवा विहान ५-९ बजे सम्म ।। किराना, फेन्सी तथा अन्य उपभोग्य सामानका पसल भने बिहान ८-११ बजे सम्म खोल्न पाईने ।।
तनहुँ, ०७ असार । जिल्ला कोभिड संकट व्यवस्थापन समिति तनहुँले अझै पनि कोभिड संक्रमणको जोखिम तनहुँमा कायमै रहेको भन्दै असार १६ गतेसम्म निषेधाज्ञा लगाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो सिफारिस गरेको हो ।

बैठकले बैंक तथा वित्तिय संस्थालाई १० देखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । यसैगरी अत्यावश्यक सेवा विहान ५ देखि ९ बजेसम्म र अनुमति दिइएका सेवा विहान ८ देखि ११ बजेसम्म खोल्न सिफारिस पनि बैठकले गरेको छ ।

यसै आधारमा प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको छ ।तर पहिलेको निषेधाज्ञा भन्दा फरक यसपाली भने भिडभाड नहुने गरी किराना, फेन्सी तथा अन्य उपभोग्य सामानका पसल भने बिहान ८ देखि ११ बजेसम्म खोल्न पाइने भएको छ । प्रशासनले जोखिम भने पनि व्यवसाय क्षेत्रको दबाबका कारण यस्तो निर्णय भएको प्रशासन श्रोतको भनाई छ ।