बसको ठक्करबाट आमाालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृत्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय लक्ष्मी परियार मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालाजु गंगालाल सडकखण्डमा ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएकी परियारको ट्रमा सेन्टर उपचारका पुर्याइएको थियो ।
बसको ठक्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला शहिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घाइते हुनुभएको छ । मृतक परियारका आफन्त रोशन परियारका अनुसार उहाँ आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
अहिले घटनाको मुचुल्का तयार पारी शवलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी लैजाने तयारी भैरहेको छ । दुर्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतकको आफन्तले प्रहरी चौकी उजुरी दिएपछि घटनाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।