आइतबारबाट पुरै सिटमा यात्रु राखेर आन्तरिक उडान खुला गर्ने

काठमाडौं । सरकारले आइतबारबाट आन्तरिक हवाई उडान खुला गर्ने भएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत उडान गर्नेगरि हवाई उडान खुला गर्ने निर्णय गरेको थियो।कहिलेबाट उडान खुला गर्ने भन्ने मिति तय गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो।

मन्त्रालयका अनुसार आइतबारबाट ५० प्रतिशत उडान हुने भएका छन्। जहाजको पुरै सिटमा यात्रु राखी उडान गर्न पाइने मन्त्रालयले जनाएको छ।

हवाइ उडानमा ५० प्रतिशत यात्रु राखेर उडान गर्न असम्भव हुने हुँदा पुरा सिटमा यात्रु राखेर उडान भर्न पाउने भएकाले भाडा वृद्धि गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।