एमाले फुटाउने दाउमा प्रचण्ड

नेकपा एमालेकी नेतृ शान्ता चौधरीले विपक्षी गठबन्धनको सडक आन्दोलनको घोषणा हेर्दा देश अब चुनाबमा गएको बुझ्न सकिने बताएकी छन्। नेतृ चौधरीले आन्दोलन चर्काउन पाए एमाले भित्रको बिबाद झन् बढेर जाने र एमाले फुट्ने कुरा निश्चित हुने देउबा प्रचण्डको आंकलन रहेको बताएकी छन्।

प्रचण्डले आफ्ना कार्यकर्तालाई चुनाबको लागि तताई राख्न अब आन्दोलनको सहायता लिने टुंगोमा महागठबन्धन पुगेको नेतृ चौधरीको आरोप छ। नेतृ चौधरीले चुनाब गराएर जितेर आएर सत्ता ‘कब्जा’ गर्न आग्रह गरेकी छन्।

उनले सामाजिक संजालमा लेखेकी छन्, “विपक्षी गठबन्धनको सडक आन्दोलनको घोषणा हेर्दा देश अब चुनाबमा गएको बुझ्न सकिन्छ। आन्दोलन चर्काउन पाए एमाले भित्रको बिबाद झन् बढेर जाने र एमाले फुट्ने कुरा निश्चित हुने देउबा प्रचण्ड को आंकलन अनि आफ्ना कार्यकर्तालाइ चुनाबको लागि तताई राख्न अब आन्दोलनको सहायता लिने टुंगोमा महागठबन्धन पुगेको होला। चुनाब गराएर जितेर आएर सत्ता ‘कब्जा’ गरे भै गो नि, के को आन्दोलन यो महामारीको बीच मा? नाटकी हो !”

चौधरीले कमरेड माधव नेपाल पार्टी एकताका लागि कम्ता लचिलो हुनुभएको छ त ? भन्दै प्रश्न गरेकी छन्। नेतृ शान्ता चौधरीले पार्टी एकता गर्न दिनको एक पटक देउवा निवास पुग्ने र प्रचण्ड निवास जाने गरिरहनु भएको बताएकी छन् ।

नेतृ शान्ता चौधरीले यो भन्दा लचिलो अरु के गर्न सक्नु हुन्छ र वहाँले ? भन्दै प्रश्न गरेकी छन्। “कमरेड माधव नेपाल पार्टी एकताका लागि कम्ता लचिलो हुनुभएको छ त ? पार्टी एकता गर्न दिनको एक पटक देउवा निवास पुग्ने र प्रचण्ड निवास जाने गरिरहनु भएको छ । यो भन्दा लचिलो अरु के गर्न सक्नु हुन्छ र वहाँले ? धेरै मेहनत गरिरहनु भएको छ कमरेडले !”, उनले भनेकी छन्।

नेतृ चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “कमरेड माधव नेपाल पार्टी एकताका लागि कम्ता लचिलो हुनुभएको छ त ? पार्टी एकता गर्न दिनको एक पटक देउवा निवास पुग्ने र प्रचण्ड निवास जाने गरिरहनु भएको छ । यो भन्दा लचिलो अरु के गर्न सक्नु हुन्छ र वहाँले ? धेरै मेहनत गरिरहनु भएको छ कमरेडले !”