सैन्य हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार १७ सेनाको घटनास्थलमै मृत्यु

काठमाडौं । केन्यामा बिहीबार बिहानै एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार १७ सेनाको घटनास्थलमै मृत्यु भएको छ। २३ सेनामध्ये १७ को मृत्यु भएको एबीसी न्युजले जनाएको छ। अन्य ६ गम्भीर घाइतेको यतिबेला अस्पतालमा उपचार भइरहेको बताइएको छ।

अधिकारीहरुका अनुसार सैन्य अभ्यास गर्ने क्रममा राजधानी नैरोबी नजिकै काजियादो काउन्टीको ओले–तेपेसीमा हेलिकप्टर दुर्घटना भएको थियो।

सेनाले के कारणले दुर्घटना भयो भनेर कुनै जानकारी दिएको छैन। यद्यपी यस घटनाले केन्याका सेनालाई ठूलो घाटा लागेको उनीहरुले बताएका छन्।