गोरखा १०, असार । गोरखाको पालुङटार नगरपालिकाका मेयर ई. दिपकबावु कंडेललाई कोरोना संक्रमण पुष्टी भएको छ । उहाँ सहित परिवारले पीसीआर परिक्षण गराउदा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टी भएपछि मेयर कंडेल सहित परिवार सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्दै आउनु भएको छ । पीसीआर परिक्षणका क्रममा मेयर कंडेलका श्रीमती र २ छोरीमा पनि संक्रमण देखिएको हो ।