पालुङटार नगरपालिकाको नबौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ८४ करोड ५१ लाख ३१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपमेयर पम्फा बसेलले नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
मेयर दिपकबाबु कंडेललाई कोरोना संक्रमण पुष्टि भएकाले उनी बैठकमा उपस्थित हुन सकेनन् । नगरसभाको अध्यक्षता उपमेयर बसेलले गरेकी थिईन ।
नगरपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको उपप्रमुख बसेलले बताईन् ।