१२ असार, काठमाडौ राजकुमार सुब्बा। बिभिन्न दलालहरुद्वारा अवैध रुपमा बैदेशिक रोजगारका लागि तेस्रो मुलुक लैजाने क्रममा बिगत १३ महिनादेखि श्रीलंकाको जेलमा परी गत बिहिबार मात्र नेपाल फर्किएका २५ जना महिलाहरुलाई अफन्तहरुसङ्ग समेत भेट्न दिईएन।
बैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष श्री इन्द्रलाल गोलेका अनुसार उहाको संस्था र मिशन जननी जयतेको पहलमा नेपाल सरकारसङ्ग समन्वय गरी लामो समय र प्रयास पछि मात्र उनीहरुलाई उद्धार गरी नेपाल फर्काउन सम्भव भएको थियो। १० गते असारको बिहान ९ बजे २५ जना महिलाहरु एयरपोर्ट आईपुग्ने जानकारी अनुसार अध्यक्ष श्री गोलेको समूह, मिशन जननी जयते समूह, महिलाहरुका आफन्तहरु , कैयौंको संख्यामा पत्रकारहरु र स्वास्थ्यकर्मीहरु समेत उद्धार गरिएका उनीहरुलाई पर्खिरहेका थिए।तर पछि थाहा भयो की अर्कै द्वारबाट मत्रालयका कर्मचारीहरुले अन्त कतै लगिसकेछन।
सरोकारवालाहरुको आक्रोश र सवाल थियो कि उद्धारको लागि बिगत १ वर्षदेखि पहल गर्ने संस्थालाई , आफन्तहरुलाई र संचारकर्मीहरुलाई समेत थाहा नदिई अपहरण शैलीमा किन बेपत्ता बनायो? केहीबेर पछि माईती नेपालमा पुर्याईएको जानकारी प्राप्त भयो । उद्धरको पहल गर्ने संस्थाकाब्यक्तिहरुसंग सरकारी पक्ष र माईती नेपालका कर्मचारीको माईती नेपालको परिसरमा नै झण्डै झडपको स्थिती सृजना भएको थियो ।अध्यक्ष गोले र आफन्तहरुको एकमात्र गुनासो थियो कि समन्वय गर्ने संस्था र परिवारजनहरु बाट किन उनीहरुलाई लुकाईयो?