डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।

तर, विश्वमा केही यस्ता देशहरु रहेका छन् जहाँ डिभोर्सको दर उच्च रहेको छ । विभिन्न कारण उनीहरुबीच डिभोर्स भएको वल्र्ड एटलासले बताएको छ । पार्टनरको जागिर नहुनु, बच्चा नहुनु, उमेरको दुरी बढी हुनु, बेरोजगारी जस्ता समस्याका कारण पछिल्लो समय डिभोर्सको दर ह्वात्तै बढेको पाइएको छ ।

उच्च डिभोर्स दर हुने देशहरुको पहिलो स्थानमा रसिया रहेको छ । प्रत्येक हजार जनामा पाँच जनाले डिभोर्स गर्ने गरेको रिपोर्टमा उल्लेख छ । त्यस्तै दोस्रो स्थानमा बेलारुस रहेको छ । बेलारुसमा प्रत्येक हजार जनामा ३।८० डिभोर्स दर रहेको छ । सन् २०१२ मा रसियामा ५१ प्रतिशतले डिभोर्स दर बढेको बताइएको थियो । उक्त साल करिब ६ लाख ५० हजार जोडीले डिभोर्स गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

सन् २०१३ मा भने डिभोर्स दर १० प्रतिशतले घटेको थियो । पारिवारिक कारण, विवाहत्तर सम्बन्ध, आत्महत्या जस्ता घटना बढेको रिपोर्टमा उल्लेख थियो ।