शिक्षकले पालन गर्नुपर्ने आचारसंहिता

शिक्षकले देहाबमोजिम आचारसंहिता पालन गनुृपर्नेछ
क) आफुलाइ खटाएको ठाउमा गई तोकिएको काम गर्नुपर्ने
ख) निर्धारित समयमा नियमित रुपले विद्यालयमा आए गएको समय जनाई हाजिरी हुनुपर्ने र पहिले बिदाको अनुमति नलिई विद्यालय अनुपस्थित हुनु नहुने

ग) आफ्नो सेवासम्बन्धि कुरामा मतलब साध्य गर्ने मनासयले कसैमाथि पनि राजनितिक वा अवाञ्छनीय प्रभाव पार्ने प्रयत्न गर्नुृ नहुने
घ) रेडियो वा टेलिभिजन आदि जस्ता सुचनाका माध्यमद्धारा भाषण प्रसारित गर्न वा कुनै सार्वजानिक भाषण दिन वा व्यक्त गर्न नहुने
ङ)विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्यले अध्ययन र अध्यापनलाइ आफ्नो मुख्य लक्ष्य सम्झनु पर्ने
च) आज्ञाकारिता,अनुशासन,सद्भावना,सहयोग,सदाचार,सहानुभुति,धैर्य,सच्चरित्रतालाई प्रोत्साहन दिनुपर्ने
छ) कुनै भाषा,सम्प्रादय,धर्म विरोधि भावना फैलाउन नहुने
ज) विद्यालय र शिक्षाको माध्यमले एकता ल्याउनुपर्नै ।