खेम सारु मगरको संगीतमा ‘कति मायाँ छ ’ सार्वजनिक

काठमाडौं । नेपालमा भइरहेको छुवाछुत तथा जातिय विवेद लाई समेटेर बनाइएको गीत ‘कति मायाँ छ’ सार्वजनिक भएको छ । गीतमा चर्चित संगीतकार खेम सारु मगरको शब्द रचना, संगीत तथा मोडलिङ पनि खेम सारु मगरकै ​रहेको छ ।

यस गीतमा स्वर गायक बिशाल निरौला र गायिका समिक्ष अधिकारीको रहेको छ ।कति मायाँ छ गीतमा एकान्त मगरको निर्देशन रहेको छ भने एलेन मगरले छायांकन गरेका छन् । जातिय विवेद लाई समेटेर निकालिएको यस गीतमा मोडलिङ अप्सना थापाले गरेकी छिन् भने को मोडिलिङमा मनोज दुवाडी , अशोक पहारी जनम बहादुर सिंह ठकुरी रहेका छन् ।

एकपल्ट भनन् , मायाँले जहर खनायो , एउटा यस्तो साथी खोज्दै छु , पारीजात ,म त झरि सकेको फूल जस्ता दर्जनौ गीतमा संगीत गरिसकेका खेमसारु मगरको यो गीत कति मायाँ छ मा भने शब्द संगीत तथा मोडलिङ सबै उनको आफ्नै रहेको छ ।

यो गीतको अडियो सबार्वजनिक भइसकेको छ भने भिडियो भने चाँडै बजारमा आउने कुरा यस गीतका रचनाकार एवम् संगीतकार खेम सारु मगरले बताएका छन् । छुवाछुत तथा जातिय विवेद लाई समेटेर बनाइएको यो गीत चेतनामूलक भएकोले एकपल्ट सबैले हेरेर हेर्न र सुन्न रचनाकार तथा संगीतकारले सर्बैलाई आग्रह गरेका छन् ।