गोर्खाली कमेडीयन सन्तोष थापा कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ठ तीन भित्र पर्न सफल भएका छन् ।पालुङ्टार नगरपालिका वडा नम्बर ६ घर भएका थापा नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजनको उत्कृष्ठ तीनमा पुगेका हुन ।
कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो बिहिवार उत्कृष्ठ तीन सम्म आईपुगेको छ ।
यो कार्यक्रमको उत्कृष्ट तीनमा पुगेका प्रतिस्पर्धी बिच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ ।
प्रतिस्पर्धीहरुको भिडमा गोरखाका सन्तोष थापाको प्रस्तुती चर्चामा छ । उनी कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा थिए ।
उत्कृष्ठ र तार्किक ब्यंग्यका कारण दर्शकसामु चर्चित रहेका थापाले आगामी यात्राका लागि भोट गरिदिन सबैलाई आह्वान गरेका छन् ।
कमेडी च्याम्पियनको बिजेता बन्न उनले प्रतिषपर्धी भरतमणी पौडेल र बिक्की अग्रवाललाई भोटिङमा जित्नुपर्छ । अबको निर्णय भोटले गर्ने भएकाले उनले सबैलाई आफ्नो पक्षमा भोट गरिदिन पनि अपिल गरेका छन् ।
कमेडी च्याम्पियनको बिजेताले नगद, कार सहितका पुरस्कार पाउनेछन् ।