नेपाली बजारमा आज सुनको मूल्य घटे

३१ भदौ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहिबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बिहिबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।