गायक प्रमोद खरेलको स्वरमा ‘मेरो मनको ‘बोलको गीत सार्वजनिक

काठमाडौं । सबैको लोक प्रिय गायक प्रमोद खरेलको आवाज बिना राउत र निशान बि सीको अभिनयमा ‘मेरो मनको’ बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीतमा तारा बहादुर डाँगीको शब्द,सरन कुमार माझीको संगीत रहेको छ । उक्त गितमा प्रसिद्ध गायक प्रमोद खरेलको स्वर रहेको त्यस एकदमै मिठास भएको छ । किङ्ग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ ÷ मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा बिना राउत र निशान बि.सी.को अभिनय देख्न सकिन्छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । बि.बि.सी. फिल्मस् को निर्माणमा बनेको ‘मेरो मनको’ म्यूजिक भिडियो अन्जिला फिल्म प्रा.लिको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।