नेपालमा पछिल्लो सम्बन्धबिच्छेदको घटना बढ्दो क्रममा छ । कतिपय सम्बन्धबिच्छेद श्रीमान् श्रीमती नै नेपालमा भएतापनी एक अर्कासंगको बैमनस्यताको कारणले भएको छ भने श्रीमान् श्रीमतीबीचका अधिकांश सम्बन्धविच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको रहेको देखिन्छ ।
वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले श्रीमतीको आचरणमाथि शंका गर्नु, श्रीमान् विदेशमै रहेका बेला श्रीमतीको परपुरुषसँग सम्बन्ध जोड्नुजस्ता कारणले सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस्तै श्रीमानको ज्यादतीका कारणले पनि सम्बन्ध बिच्छेद नभएको होईन ।
यसका साथै कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुँदै गएपछि एकले अर्कालाई मन नपराउने कारणले पनि सम्बन्धविच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको हुनसक्छ ।