काठमाण्डाै – फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री हुनुहुन्छ । तर भर्खर मात्रै उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ ।
सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाउनुभएको हो । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टाेलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिनुभएको हो । प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् ।